बुधबारे – गाउँपालिका अध्यक्षका लागि नेपाली काङ्ग्रेस बुद्धशान्तीले दुई जनाको नाम सिफारिस गरेको छ ।
काङ्ग्रेसका नेता लय भण्डारी र मनोज प्रसाईंको नाम बुद्धशान्ती गाउँ समितिले शनिबार टुङ्गो लगाएको हो।
कुल ५ जना आकाक्षी रहेकोमा गाउँ समिती पदाधिकारीहरुले मतदान गरि बढी मत ल्याउने २ जनाको नाम सिफारिसमा परेको हो।
अध्यक्ष पदका लागि बर्तमान सभापति चक्र शेर्मा, गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल,खड्ग सुब्बा,मनोज प्रसाईं र लय भण्डारी आकांक्षी रहेका थिए।
त्यस्तै उपाध्यक्ष पदका लागि चन्द्रकला भट्टराई,ज्ञानु थापा,गिता ढुंगाना, गायत्रा भट्टराई र बिष्णु मैनाली उप्रेती आकाक्षी रहेका थिए।
जसमध्ये चन्द्रकला भट्टराई,गिता ढुंगाना र बिष्णु मैनाली उप्रेतीको नाम सिफारिस भएको छ।
सिफारिसमा परेका ५ जना मध्ये १-१ जना अध्यक्ष र उपाध्यक्षको रूपमा उम्मेदवार हुनेछन्।
यसको टुङ्गो भने जिल्ला समितिले लगाउने नेपाली काङ्ग्रेस बुद्धशान्तीका सचिव मदन मगरले बताएका छन् ।
One Response
Arko ummedwar pani sifaris hunubhaxa
Media le tathya samaxar dinu parxa