बुद्धशान्ति- बुद्धशान्ति गाउँपालिकाले संघीय संसदका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई स्वागत सहित सम्मान गरेको छ।
गाउँपालिकामा शुक्रबार आयोजित एक बिशेष समारोहमा पालिकाले उहाँहरुलाई सम्मान गरेको हो।
उहाँहरु दुबैजना झापा क्षेत्र नम्बर २बाट गत मङ्सिर ४ गतेको निर्वाचनमा बिजयी हुनुभएको हो।
समारोहमा गाउँपालिका अध्यक्ष मनोज प्रसाईं,उपाध्यक्ष भवानी खतिवडा, सातवटै वडाका वडाध्यक्ष एवं वडासदस्य, गाउँपालिकाका कर्मचारीहरु, स्थानीय शिक्षक, बुद्धिजिवी लगायतको सहभागीता थियो।