Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिकाको पालिकास्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

बुद्धशान्ति (पालिका सन्देश) । बुद्धशान्ति गाउँपालिकाले गत आर्थिक वर्षको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले गत आवको पालिकास्तरीय वार्षिक समिक्षा कार्यक्रम गरेको हो ।
समिक्षा कार्यक्रममा कार्यालयका विषयगत शाखा तथा उपशाखाका प्रमुख, सामान्य प्रशासन शाखा अन्तर्गत सात वटै वडाका वडा सचिवहरुले गत आर्थिक वर्षमा गरिएका कामका प्रगति तथा चालु आर्थिक वर्षमा सुधार गर्नुपर्ने सेवा तथा कामका प्रकृतिका बारेमा सुझाव राखेका थिए ।

कर्मचारीले प्रस्तुत गरेका सुझावलाई कार्यान्वयनमा लैजाने गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले प्रतिवद्धता जनाएका छन् । आर्थिक प्रशासन शाखा प्रमुख अनिल घिमिरे, राजश्व प्रशासन उपशाखावाट शशि पनेरु, योजना तथा अनुगमन शाखा अन्तर्गत वन तथा वातावरण उपशाखा र विपद तथा फोहोरमैला ब्यवस्थापन उपशाखाको तर्फबाट शिव श्रेष्ठ, सामान्य प्रशासन, सहकारी तथा संघसंस्था शाखा प्रमुख देवेन्द्र कटुवाल, पूर्वाधार विकास शाखा प्रमुख विक्रम दाहाल, सूचना प्रविधि शाखा प्रमुख तोषराज ठाकुर, उद्यम विकास कार्यक्रम प्रमुख मदनकुमार कँडेल, स्वास्थ्य शाखावाट धिरेन्द्र कुमार यादव, भागिरथा बुद्धशान्ति अस्पतालवाट नारायण प्रसाद बुढाथोकी, शिक्षा, युवा खेलकुद तथा समाज कल्याण शाखा अन्तर्गत शिक्षा, युवा खेलकुद शाखाबाट कमल प्रसाद निरौला, महिला बालबालिका तथा समाज कल्याण उपशाखाबाट मिना विष्ट, सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखा बाट मेनुका ढकाल, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दिपादेवी उपाध्याय, कृषि विकास शाखाबाट कृष्णप्रसाद ढुंगेल, पशुपन्छि तथा मत्स्य विकास शाखाबाट कैलाश प्रसाद सिंह, कानून तथा अभिलेख ब्यवस्थापन शाखाबाट निर्मला घिमिरे, आयुर्वेद स्वास्थ्य केन्द्र बाट पुरन लहेरी, जिन्सी व्यवस्थापन तथा खरिद उपशाखाबाट भिष्म सिटौला लगायतले गत आर्थिक वर्षमा गरिएका कामका प्रगति र भावी दिनमा गरिने काममा सुधार गर्नुपर्ने पक्षका बारेमा प्रस्तुति राखेका थिए ।

EPIC EPIC EPIC

प्रगति विवरण पेश गरेपछि चालु आर्थिक वर्षमा काम गर्न सहज हुने र नीति निर्माणको काममा ढोका खुल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले समिक्षा कार्यक्रमले आगामी दिनमा काम गर्न सहज हुने बताएका थिए ।
गाउँपालिकाले गरेका कामहरूको प्रगति अब देखिन थालेकाले कार्यालयबाट प्रदान गरिने काम तथा सेवा अझ प्रभावकारी हुनुपर्ने गाउँपालिकाका अध्यक्ष प्रसाईंले बताउँदै उनले समिक्षा कार्यक्रम सफल बनाउन जुटेका सबै कर्मचारीलाई धन्यवाद दिएका थिए ।

समिक्षा कार्यक्रम कुनै पनि परियोजना, कार्यक्रम, योजना, वा कार्यहरूको प्रगति, प्रभावकारिता, र परिणामहरूको समीक्षा गर्ने प्रक्रिया हो । यसमा कार्यक्रमको लक्ष्य प्राप्ति, प्रभाव, र दीर्घकालीन प्रभावहरूको मूल्याङ्कन गरिएको छ । बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दलका स्थानीय पदाधिकारी साथै प्रतिनिधिलाई समेत सहभागिता गराएको थियो ।

सामान्य प्रशासन शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज प्रसाईको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सहजिकरण सामान्य प्रशासन शाखा प्रमुख देवेन्द्र कटुवालले गरेका थिए । कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनितिक दलका पदाधिकारी तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *