बुद्धशान्ति गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू

पालिका सन्देश । झापाको बुद्धशान्ति गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । स्थानीय पाठ्यक्रमअन्तर्गत ‘हाम्रो बुद्धशान्ति नामक’ पुस्तक प्रकाशन गरी आधारभुत तह कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम बुद्धशान्ति गाउँपालिका मार्फत सार्वजनिक गरि यही शैक्षिक सत्र २०८२ बाट कक्षा १ देखि ४ सम्म लागु गर्ने कार्यतालिका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २०८२ जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भएर पदभार ग्रहण गरेको जेठ ९ गते ठिक तेस्रो वर्ष पुरा भएको अवसरमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले स्थानीय पाठ्यक्रम हस्तान्तरण गर्ने कार्यक्रम भएको छ ।

बुद्धशान्ति गाउँपालिका पूर्व जनप्रतिनिधिको कार्यकालमा प्रक्रिया अघि बढाई तयारी भएको यस पाठ्यक्रम निर्माण समिति ,संवाद सहजीकरण समुह र सम्पादन मण्डललाई गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले विशेष धन्यवाद दिएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *