बुद्धशान्ति(पालिका सन्देश)- बुद्धशान्ति गाउँपालिकाको प्रमुख प्रसाशकीय अधिकृतका रुपमा युवराज कट्टेल आएका छन् ।
आइतबार एक कार्यक्रमका बिच कट्टेललाई बुद्धशान्ति गाउँपालिकामा स्वागत गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत उनी अब बुद्धशान्तिमा आएका छन् । उनलाई बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल, वडाध्यक्ष तथा कर्मचारीहरुले स्वागत गरेका थिए । यश अघि प्रमुख प्रशासकीय अधिकृतका रुपमा ईन्द्रप्रसाद चापागाईं रहेका थिए ।