बुद्धशान्ति – कतिपय स्थानीय तहमा पर्याप्त मात्रामा कानून बनाउन नसक्दा जनतालाई दिनुपर्ने सेवा प्रभावित भइरहेका छन् । तर झापाको सुदूर पूर्वमा रहेको गाउँपालिका बुद्धशान्ति गाउँपालिकाले पाँच महिनामै ५ वटा कानून बनाउन सफल भएको छ ।
श्रावण मसान्त यता प्रमुख प्रशासकिय अधिकृतका रुपमा बुद्धशान्ति गाउँपालिकामा सरुवा भई आएका युवराज कट्टेलले आफू आएपछि पाँचवटा कानून बनाएका हुन् ।
सुरुसुरुमा ऐन कानुन अभावका कारण स्थानीय सरकार सञ्चालन गर्न गाह्रो परेता पनि हाल आएर स्थानीय तहले आँफैले पर्याप्त कानून बनाएर सहज रुपमा सेवा दिैदै आएका छन् ।
बुद्धशान्ति गाउँपालिकाले श्रावणयता कृषि तथा पर्यटन ऐन, खानेपानी तथा सरसफाई ऐन, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन ऐन, प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन र फोहोरमैला व्यवस्थापन ऐन निर्माण गरिसकेको प्रमुख प्रशासकिय अधिकृत कट्टेलले बताएका छन् । उनले भने,- सभावाटै पारित गरेर ५ वटा कानून तयार गरेका छौँ, प्रमाणिकरण समेत भएको छ । मात्र राजपत्रमा छाप्न बाँकी छ । यसका अतिरिक्त विभिन्न दैनिक कामकाजमा आवश्यक पर्ने विषयसँग सम्बन्धीत ऐन कानुन बनाएका छन् ।
स्थानीय तहका दैनिक कार्य सम्पादनलाई सहज र वैधानिक बनाउन ऐन कानुन निर्माण गर्ने गरेको छ । गाउँ नगरसभाबाट बहुमतले पारित भएको ऐन, कार्यविधि र निर्देशिकालाई स्थानीय तहका कार्यसम्पादनको कानुनका रुपमा लिने गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई आफू अनूकुल, भूगोल सुहाउँदो, संघ र प्रदेशसँग नबाझिने गरी ऐन कानुन निर्माण अधिकार दिएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय झापामा रहेका कट्टेल गाउँपालिकामा आएपछि बालबालिका ,युवा र सामाजिक रुपान्तरणमा नितिगत काममा सकृय छन् । उनका अनुसार युवा सहभागीता सुनिस्चित नभए सम्म गाउँ बासीले चाहेको बिकासलाई ब्यबस्थापन गर्न सकस पर्ने बताएका छन् ।
One Response
उदाहरणिय काम