बुद्धशान्ति प्रेस क्लबको होली मिलन कार्यक्रम

बुद्धशान्ति। पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले एकआपसमा शुभकामना साटासाट गरि होलीमिलन कार्यक्रम मनाएको छ ।

प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

EPIC EPIC EPIC

कार्यक्रममा प्रमुख अतिथि वाग्ले, प्रेस क्लबका सल्लाहकार गङ्गाराम गड्तौला, संस्थापक सचिव दिपेन लावती लगायतले होलीको शुभकामना दिएका थिए ।

क्लबका सचिव रोशन भट्टराईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष नारायण अर्यालले स्वागत गरेका थिए । कार्यक्रम  बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो । होली मिलन कार्यक्रममा प्रेस क्लबका पदादिकारी, सदस्य एवम् सल्लाहकारहरुको उपस्थित रहेको थियो ।

अध्यक्ष तिम्सिनाले नेपाली समुदायले मनाउने पर्वको धार्मिक, साँस्कृतिक र ऐतिहासिक समेत महत्व रहेको बताउँदै यसको महत्वलाई आत्मसाथ गर्दै क्लबले हरेक बर्ष यस्ता पर्वको धुमधामले मनाउँदै आएको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *