बुद्धशान्ति प्रेस क्लबमा नयाँ सदस्यता आह्वान

बुधबारे। बुद्धशान्ति प्रेस क्लबले नयाँ सदस्यता आह्वान गरेको छ। साधारणसभा पश्चात सोमबार बसेको कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको हो । पत्रकारीतमा आवद्ध रही दुईवर्ष काम गरेको बुद्धशान्तिका सञ्चारकर्मीका लागि सदस्यता लिनका लागि आह्वान गरेको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाले बताएका छन् ।

नयाँ सदस्यताका लागि संस्थाको विधान अनुरुप हस्तलिखित निवेदन सहित, नागरिकताको प्रतिलिपि, सञ्चार संस्थामा आवद्ध रहेको प्रमाण र सदस्यता शुल्क तिर्नुपर्ने क्लबका सचिव रोशन भट्टराईले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

सदस्यताका लागि पुष १७ गते दखि पुष मसान्तसम्म मिति तय गरिएको क्लबका सह–सचिव योगेन्द्र(ज्ञान)ु भट्टराईले बताए । यसका साथै क्लबमा आवद्ध रहेका सदस्यहरुलाई समेत सदस्यता नविकरण गर्ने निर्णय गरिएको छ । क्लबले पत्रकारीता क्षेत्रमा आउन चाहने नागरिकलाई पत्रकारीता तालिम लिएर मात्रै प्रवेश गराउने समेत बताइएको छ । तालिमका लागि स्थानीय सरकार बुद्धशान्ति गाउँपालिका साथै स्थानीय संघसंस्थासंग समन्वय गर्ने अध्यक्ष तिम्सिनाले बताए ।

११ सदस्यीय समिति रहेको क्लबमा वैठकले रिक्त रहेका तिन सदस्यलाई समेत आगामी बैठकले मनोनित गर्ने बताइएको छ । बैठकमा भर्खरै मात्र तेस्रो बार्षिक साधारणसभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग गर्ने संस्थाका सल्लाहकार, पूर्वअध्यक्ष, निर्वतमान अध्यक्ष तथा निर्वाचन मण्डललाई समेत धन्यवाद दिएको थियो ।

वि.सं.२०७६ सालमा स्थापना भएको पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लबले पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिम समय समयमा संचालन गर्दै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *