बुद्धशान्ति बचत तथा ऋण सहकारीद्वारा निःशुल्क आँखा शिविर, ३३९ जनाले सेवा लिए

बुद्धशान्ति – बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि., बुद्धशान्ति–३, झापाले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ।

सहकारी संस्थाको आयोजनामा तथा सीतारमेश बहुमुखी क्याम्पस, बुद्धशान्ति–१ को सहआयोजनामा बिहीबार एक दिने बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको हो। शिविरमा मेची आँखा अस्पताल, विर्तामोड–३ को प्राविधिक सहयोग रहेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

सीतारमेश बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन भएको शिविरमा मेची आँखा अस्पतालको प्राविधिक टोलीले ३३९ जनाको आँखा परीक्षण गरी आवश्यक परामर्श प्रदान गरेको थियो। बुद्धशान्ति बचत तथा ऋण सहकारीका अध्यक्ष तथा सीतारमेश बहुमुखी क्याम्पसका प्रमुख पुष्प प्रसाद रिजालका अनुसार शिविरमा परीक्षण गराएका ९८ जनालाई चस्मा वितरण गरिएको थियो भने २९७ जनालाई आवश्यक औषधि प्रदान गरिएको थियो।

यस्तै, मोतियाविन्दु देखिएका ६ जना बिरामीको निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पतालमा रिफर गरिएको कार्यकारी प्रमुख चन्द्र अधिकारीले जानकारी दिनुभयो।

शिविरमा सहकारीका शेयर सदस्य, क्याम्पसका प्राध्यापक, विद्यार्थी, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. र सीतारमेश बहुमुखी क्याम्पसले सामाजिक उत्तरदायित्वअन्तर्गत समय-समयमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *