बुद्धशान्ति (पालिका सन्देश)- झापाको बुद्धशान्तिमा संचालित बुद्धशान्ति मार्टले चाडपर्व विशेष अफर सञ्चालनमा ल्याएको छ ।
मार्टले ग्राहक वर्गलाई मध्यनजर गरि विजया दशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा विभिन्न उपहारहरुको साथमा विशेष छुट, अफर ल्याएको हो ।
स्थापना भएको छोटो समयमै आफूलाई सफल व्यवसायीकको रुपमा पहिचान बनाएको बुद्धशान्ति मार्टले ग्राहक वर्गहरुलाई लक्षित गरि ल्याइएको चाडर्व विशेष अफर यही असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागु हुने मार्टका व्यवस्थापक राजिव पाण्डेले पालिका सन्देशलाई बताएका छन् ।
उक्त अफर अवधिभर दैनिक ५ हजार भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई लक्कि ड्र मार्फत भाग्यशाली ग्राहकलाई उपहार प्रदान गर्दै आएको छ । एकै छानामुनी लत्ताकपडा,खाद्यान्न, बच्चाका खेलौना, गिफ्ट आइटम, मोवाईल लगायतका सेवा पाईने भएकाले ग्राहकको भिड बढ्दो रहेको छ ।