Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति २ का वडाध्यक्षविरूद्ध भ्रष्टाचारको मुद्दा

झापा बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार ओलीविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

EPIC EPIC EPIC

ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी घुस लिइसकेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनी झापाले नियन्त्रणमा लिएको थियो। अख्तियारले यसबारे सूचना पाएपछि इटहरीबाट खटिएको टोलीले

उनलाई ८० हजार घुससहित पक्राउ गरेको थियो। 

उनले जग्गा पास गर्न वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयन गराउन सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *