बुद्धशान्ति ३ को  झिलमिले पुलमा दुर्घटना हुँदा एकको मृत्यु

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ झिल्मिले पुलस्थित मेची राजमार्गमा मंगलबार(आज) भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

 को २० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका वडा नं. ८ अन्दाजी बर्ष २१ योसन लिम्बुको मृत्यु भएको हो । 

EPIC EPIC EPIC

सोहि मोटरसाइकल पछाडी सवार मोरङ बेलबारी नगरपालिका वडा नं. ४ अन्दाजी १७ कि लिला श्रेष्ठ र लिम्बु घाइते भएर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा योसन लिम्बु उपचारको क्रममा मृत्यू भएको हो । 

ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालक इलाम रोङ गाउँपालिका वडा नं.४ का बर्ष ३३ बर्षिय डिल्लीबहादुर लेप्चा प्रहरीको नियन्त्रणमा रहेको र सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च