शान्तिनगर । झापा बुद्धशान्तिका अर्पण गुरुङ (तमु) प्ये ल्हु संघको केन्द्रिय युवा समितिको उपाध्यक्षमा निर्वाचित भएका छन ।
तमु प्ये ल्हु संघको केन्द्रिय युवा समितिको सातौ केन्द्रिय अधिबेशनबाट उपाध्यक्षमा उनि सर्वसम्मत निर्वाचित भएका हुन । पोखराको रानी पौवामा आयोजित सातौ अधिबेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएको तमु प्ये ल्हु संघ झापाका सदस्य शिरोमणी तमुले जानकारी गराए ।
त्यसैगरी अध्यक्षमा कास्कीका शुक बहादुर तमु , वरिष्ठ उपाध्यक्षमा पुर्ण कुमारी तमु, सुस्मिता तमु, महासचिवमा महेन्द्र तमु ,सचिव मोहित तमु, कविता तमु, मुक्तिमान र कोषाध्यक्षमा बिश्वास तमु सहित ३४ सदस्यीय समिती निर्वाचित भएको सदस्य शिरोमणिले जानकारी गराएका हुन ।
तमु युवाहरूलाई समेटेर तमु जातिको धर्म सस्कृती, संस्कार, भेष भुसाको पहिचान गरि बिकास र प्रवर्द्धन गर्न संघ गठन गरेर विभिन्न क्रियाकलाप गर्दै आएको जिल्ला अध्यक्ष राम कुमार तमुले जानकारी गराएका छन ।
यता केन्द्रिय उपाध्यक्ष अर्पण तमुको संयोजकत्वमा तमु प्ये ल्हु युवा संघको जिल्ला समिति शनिबार सुरुङ्गामा गठन गरिएको छ । समितिको अध्यक्षमा बिकास तमु निर्बिरोध चयन भएका छन । उपाध्यक्षमा देबि तमु, सचिवमा बर्षा तमु र कोषाध्यक्ष प्रकाश तमु सहित ११ सदस्यीय समिती गठन गरिएको छ । सोही अवसरमा केन्द्रिय उपाध्यक्षमा नवनिर्वाचित अर्पण तमुलाई स्वागत सम्मान सहित बधाई ज्ञापन गरिएको थियो ।