बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाका चिन्तन पाठक नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले १,२७४ मत प्राप्त गर्दै केन्द्रीय कमिटी सदस्यमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
चिन्तन पाठक हाल कोशी प्रदेश सभा सदस्यसमेत हुन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय उनी युवा पुस्तामाझ लोकप्रिय नेताका रूपमा परिचित छन्। संगठन सुदृढीकरण, प्रदेशस्तरको नीति निर्माण तथा स्थानीय विकासका विषयमा उनको सक्रिय भूमिका रहँदै आएको छ।
निर्वाचन परिणामपछि पाठकले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र जनताको हितका लागि जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



















