झापा। झापा बुद्धशान्ति-४ का ३५ वर्षीय सागर पौडेलको कतारमा निधन भएको छ। डेढ वर्ष अघि वैदेशिक रोजगारीका लागि कतार गएका पौडेलको शव नेपाल ल्याइसकिएको छ।
पौडेलको उपचार कतारको सरकारी अस्पताल हमादमा भइरहेको बेला गत शनिबार उनको निधन भएको बताइएको छ। लामो समयदेखि पेटको समस्याबाट ग्रसित पौडेल कतार पुगेको १५ दिनमै बिरामी परेका थिए।
उपचारका क्रममा पौडेलले इन्स्योरेन्स र हेल्थ कार्डमार्फत सेवा लिएका थिए। अब उनका परिवारजनले नेपालमा दाहसंस्कारको तयारी गरिरहेका छन्।
आज उनका शवको दाहसंस्कार बुद्धशान्ति-४ मा गरिनेछ।