बुद्धशान्तिको भुमि आयोगमा कार्यरत कर्मचारीको लोकसेवा परिक्षामा अनियमित कार्य

बुद्धशान्ति। बुद्धशान्ति गाउँपालिकामा भुमि आयोग, संघसंस्था, सामाजिक सुरक्षा तथा पञ्जिकरण र सहकारी विभागको जिम्मेवारी पाएका अधिकृत छैंटौ तहका कर्मचारी देवेन्द्र कटुवालले खण्ड “ख”र “ग” को उत्तपुस्तिकाको बाहिरी कभर एउटाको अर्काले च्यातेर थप कपि समेत स्टिच गरेको भेटिएपछि लोकसेवा आयोगले आयोगको ऐन ०७९ को दफा ४१ (१) बमोजिम कसुर गरेको पाइएकाले उनको उक्त विज्ञापनको सबै परीक्षा रद्ध गरेको आयोगले जनाएको छ ।

यस्तै कटुवालसहित अरु २ उमेद्धारको विज्ञापन रद्ध गरेको जनाएको छ। आयोगका अनुसार विज्ञापन नम्बर १६६९९ -१६७०५, २०७९ ८० खुला समावेशी तर्फकै विज्ञापनमा काठमाडौ कार्यालयबाट परीक्षा दिएका उमेद्धार गंगा गुरुङलाई समेत आयोगले लिने परीक्षामा १ बर्षसम्म उमेद्धार हुन नपाउने गरी रोक लगाएको आयोगको सूचनामा जनाइएको छ ।

EPIC EPIC EPIC EPIC EPIC


उक्त विज्ञापनमा परीक्षा दिएर पहिलो चरणको लिखित परीक्षामा अनुत्र्तीण भएको र लिखित परीक्षाको नतिजामा अरुको नाम इडिट गरी आफ्नो नाम राखि प्रवेश पत्र लिएको र इडिट गरिएको नतिजा देखाएर परीक्षामा सहभागी रहेको पाइए पछि आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगका अर्का उमेद्धार लक्ष्मी सुब्बा,नायब सुब्बाको परीक्षाको उमेद्धार सुब्बाले प्रश्नपत्र आफैंसँग घर लिएर गएको पाइएपछि उनको समेत उक्त विज्ञापनको सबै परीक्षा रद्ध गरेको आयोगले जनाएको छ ।

इकर्मचारी डटकम तथा लोक सेवा आयोगको वेवसाइटबाट

सच्याइएको : पालिका सन्देशमा प्रकाशित यस समाचारमा भुलवस व्यानरमा प्रयोग हुने फोटो अर्कै अपलोड भएकाले सच्याइएको छ ।
– सम्पादक

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *