बुधबारे । मेची राजमार्ग अन्तर्गत पर्ने बुद्धशान्ति -७ सुनमाई मन्दिर चोकको राजमार्गमा स्थानीयले सडक बिचमै केराको बोट रोपी दिएका छन् ।
पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेपछी स्थानीय भेला भई बिरोध जनाउदै केरा रोपेका हुन् ।

सडक बिग्रेको लामो समय सम्म मर्मत नहुदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै स्थानीय सरकारलाई दवाब स्वरुप बिच सडकमै स्थानीयले केराको बोट रोपेको बताएका छन् । केही दिन अघि मात्रै सो स्थानमा एक व्यक्ती दुर्घटनामा परि घाइते भएका थिए ।