बुद्धशान्तिमा देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास

बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउँपालिकामा देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ ।

बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने टिमाई खोलामाथि निर्माण हुने ४ सय ७६ मिटर लम्बाईको झोलुङ्गे पुलको हिजो एक कार्यक्रमकाबीच झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले शिलान्यास गरेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको यो पुल सञ्चालन भएपछि बुद्धशान्ति ६ सहित इलामको रोङ गाउँपालिको वडा नं. ५ र ६ का स्थानीयहरुले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्न समेत सहयोग पुग्नेछ।

थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गर्ने झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैया ३५ पैसा रहेको छ । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । निर्माणको कामलाई तिब्रता दिएर २०८३ वैशाख मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर बस्नेतले जानकारी दिए।

कोलबुंगे गौंडा रमिते झोलुङ्गे पुल कोशी प्रदेशकै सबैभन्दा लामो र नेपालको तेस्रो लामो पुल हुने बताइएको छ । यस अघि सुदुरपश्चिमको दोधारा चाँदनी झोलुङ्गे पुल र पर्वत जिल्लाको कुश्मामा रहेको झोलुङ्गे पुल यो भन्दा लामो रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *