तीर्थ तिम्सिना
बुद्धशान्ति (पालिका सन्देश) । झापाको बुद्धशान्तिमा बृहत सिंचाई परियोजनाको काम धमाधम भइरहेको छ । बुद्धशान्ति–३(साबिक बुधबारे–७)पश्चिममा रहेको झिलमिले खोलामा कोशी प्रदेश सिंचाई मन्त्रालय मार्फत ४० लाख र जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय झापाबाट पुन थप भएको २८ लाख बजेट सम्झौता भए पश्चात धमाधम काम सुरु गरिएको छ । अहिले करिव ५० प्रतिशत काम सम्पन्न भई सकेको जनाइएको छ ।
झिलमिले मुहान बिरिङ तटबन्ध सिंचाई जल उपभोक्ता संस्था बुद्धशान्ति–३ ले जलस्रोत तथा सिंचाई बिकास डिभिजनको समन्वयमा धमाधम काम गरिरहेको छ । बैशाख ८ मा परियोजनाको सम्झौता गरी असारको तेस्रो सातासम्ममा सम्पन्न गर्नेगरी काम गरिदै छ । उक्त काम ठेक्का नलगाई समितिमार्फत नै गराउँदै आइएको छ । ठेक्का भन्दा समितिमार्फत नै गराउँदा काम राम्रो, गुणस्तर र छिटो सम्पन्न हुने भएकाले समितिमार्फत नै काम गरिरहेको संस्थाका अध्यक्ष छत्रबहादुर बिष्टले बताए ।
निर्माण हुँदै गरेको मुहानबाट बग्ने पानी छिमेकी पालिका मेचीनगर १२ को समिानासम्म पुग्ने अध्यक्ष बिष्टले बताए । उनका अनुसार सिंचाईको कठिनाइले बर्षेनी समस्या भोग्दै आएका करिव ३०० घरधुरी किसान र ५०० बिघा भन्दा बढी जग्गा क्षेत्रफलमा अव सहज रुपमा सिंचाई हुने बताए । उनले भने, ‘फागुन चैतमा समेत पानी नसुक्न झिलमिले खोलाबाट सिंचाई सुविधा धुर देखि विघासम्म हुने सबै किसानले सहजै रुपमा सदुपयोग गर्न सकिन्छ ।’
यसअघि आव २०७९÷८० मा कोशी प्रदेश सरकारसँग पहल कदमी गरी ५२ लाख विनियोजन भएकोले उक्त विनियोजित बजेटबाट सोही क्षेत्रमा करिव १७०० मिटर नाला बनाइएको थियो । झापामा अन्नको भण्डारका रुपमा चिनिने बुद्धशान्ति धान खेतीका लागि उर्वर भूमि मानिन्छ । बिशेषगरी निर्माण हुँदै गरेको क्षेत्रमा पनि धान र मकै खेती गरिदै आएको छ । यस क्षेत्रमा सिंचाई परियोजना सम्पन्न हुँदा त्यहाँका करिव ३०० घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुनेछन् । कृषि क्षेत्रको प्रचुर सम्भावना भएको यस क्षेत्रमा यसअघि भरपर्दो सिंचाईको व्यवस्था नहुँदा स्थानीय किसानले समस्या भोग्दै आएका थिए । अबभने सिंचाई परियोजनाको काम अगाडि बढाएपछि स्थानीय किसान उत्साहित भएका छन् ।
संस्थाका अध्यक्ष बिष्टले परयिोजना लयाउन पहल गर्ने कोशी प्रदेशका माननिय सांसद तिलचन पाठक(चिन्तन), यस अघि सुरुवात गराउने नेता सिपि कडरिया, खगेन्द्र मैनाली, गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा, वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, जिल्ला सिंचाई डिभिजन प्रमुख शैलेश पोखरेल, जग्गादाता कृष्ण ढकाल, मञ्जुश्री ढकाल, निर्माण सहयोगी अच्युतराज ढकाल लगायतलाई बिशेष धन्यवाद समेत दिएका छन् ।