बुद्धशान्ति । राष्ट्रिय युवासंघ नेपाल बुद्धशान्ति गाउँकमिटीको दोस्रो गाउँ अधिवेशन आज सम्पन्न भएको छ । बिक्रम थेबेको अध्यक्षतामा गाउँ कमिटी गठन गरिएको छ । संघको उपाध्यक्षमा गोविन्द लेप्चा, सचिवमा हरि तिम्सिना, सह सचिवमा प्रज्वल प्रधान, सुजता चम्लागाईं, कोषाध्यक्षमा सरस्वती पाख्रेल सहित २७ जनाको कमिटि अधिवेशनबाट अनुमोदन गरिएको थियो ।
राष्ट्रिय युवा संघ बुद्धशान्ति आयोजक कमिटि संयोजक बिक्रम थेबेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रीय कमिटी सदस्य खगेन्द्र आङ्दाम्बेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य टीका पाठक, बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष नेत्र रिजाल, उपाध्यक्ष शम्भु पौडेल, सचिव धरणीधर पोख्रेल, गाउँपलिका उपाध्यक्ष भवानी खतिवडा, १ नम्बर वडाका वडाध्यक्ष अनिल वाग्ले, चन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य चन्द्र कोईरालाले गरेका थिए भने सञ्चालन हरी तिम्सिनाले गरेका थिए ।



















