बुद्धशान्तिमा शनिबारदेखि तेस्रो वडास्तरीय फुटबल प्रतियोगिता सुरु हुँदै

झापा। झापाको बुद्धशान्ति गाउँपालिकामा तेस्रो वडास्तरीय फुटबल प्रतियोगिताको सरगर्मी बढेको छ। आगामी शनिबारदेखि सुरु हुन गइरहेको यस प्रतियोगिताका लागि आयोजक र सहभागी वडाहरुले अन्तिम तयारी तीव्र पारेका छन्।


बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ खेलकुद विकास समितिको मुख्य आयोजना, स्थानीय नवज्योति युथ क्लबको सह-आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको विशेष सहयोगमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ पालिकाका सातवटै वडाहरूले आ-आफ्नो तयारीलाई मजबुत बनाएका छन्।

प्रतियोगिता नजिकिएसँगै वडा नम्बर १ मा खेलाडी तथा खेलप्रेमीहरूको उत्साह उच्च देखिएको छ। बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा अहिले वडा नम्बर १ को टोली निर्माणका लागि खेलाडी छनोट र प्रशिक्षणको काम धमाधम भइरहेको छ। स्थानीय युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने र वडालाई खेलकुदमय बनाउने उद्देश्यले तयारीलाई तीव्रता दिइएको छ।

खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिँदै वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्ले स्वयं मैदानमा खटिनुभएको छ। उहाँले खेलाडीहरूको अनुगमन तथा तयारीको समन्वय गरिरहनुभएको छ। वडाध्यक्षको यो सक्रियताले खेलाडी र स्थानीय खेल प्रेमीहरूमा थप ऊर्जा थपेको छ। यतिबेला बुद्धशान्ति १ खेलकुद समिति प्रतियोगिताको प्राविधिक तयारी, व्यवस्थापन र उत्कृष्ट टिम निर्माणमा व्यस्त रहेको छ।

‘खेलकुदले नै अनुशासित समाज निर्माण गर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै वडाले खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेको छ। युवाहरूलाई कुलतबाट टाढा राख्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र गाउँघरमा लुकेका प्रतिभाहरूको पहिचान गर्ने मुख्य उद्देश्यका साथ टिम तयारी भइरहेको वडा कार्यालयले जनाएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *