Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजकाे ६ महिनामा नै अधिकांश कार्यक्रम पूरा, आजैबाट `प्लान बी´शुरू

बुधबारे असार १७ । बुधबारे जेसीज बर्ष २०२१ ले कार्यकालको ६ महिना भित्रै अधिकांश तय गरेका कार्यक्रमहरू पूरा गरेपछि आज (जुलाई १ तारिख) देखि लागू हुनेगरी `प्लान बी´ शुरू गरेकाे छ ।

आज बसेकाे बुधबारे जेसीजकाे तेस्रो बोर्ड बैठकले कार्यकालको बाँकी ६ महिना जेसीज गतिविधि प्लान बी´ अन्तर्गत थप प्रभावकारी रूपमा गरिने निर्णय भएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो ।प्लान बी´ मा प्रोजेक्ट बेसका कार्यक्रमलाई भने निरन्तरता दिइनेछ ।

EPIC EPIC EPIC

बर्ष २०२१ ले आजसम्म (कार्यभार सम्हालेकाे ५ महिना २१ दिन) आईपुग्दा ५७ वटा कार्यक्रम सम्पन्न गरेको महासचिव सुजित बरालले जानकारी दिनुभयाे ।

नेपाल जेसीजबाट बुधबारे जेसीज याे बर्ष त्रैमासिक उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ भने काेभिड संकटमा उत्कृष्ट काम गरेकोमा कदर पत्रद्वारा पुरस्कृत भएकाे छ । यसै बर्ष नेपाल जेसीजमा चाँडाे सदस्यता शुल्क बुझाउनेमा पनि बुधबारे जेसीज पुरस्कृत भएकाे अध्यक्ष वाग्लेले बताउनु भयो ।

बुधबारे जेसीजलाई उत्कृष्ट बनाउन सहयोग पुर्याउने पक्ष र सरोकारवाला सबैलाई बैठकमा धन्यवाद ज्ञापनको निर्णय गरिएको महासचिव बरालले जानकारी दिनुभयो । साथै बैठकमा बुधबारे जेसीज भवन निर्माणका लागि ६ लाख बढी जिन्सी र नगद सहयाेग जुटेकाे पनि जानकारी गराइयाे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *