बुधबारे जेसीजको पहिलो बैठक : बुद्धशान्तिको गुम्बामा दीप प्रज्वलन गरि कार्यक्रम सुरु गरिने

बुद्धशान्ति। बुधबारे जेसीज वर्ष २०२४ का पदाधिकारीको पहिलो बोर्ड बैठक वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले बुधबारे जेसीजले वर्ष २०२४ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न निर्णयहरू समेत गरेको छ । 

वर्ष २०२४ मा सञ्चालन गरिने कार्यक्रमहरूको सुरुवात पाल्युल देछेन छोइलिङ्ग गुम्बा बुद्धशान्ति ४ मा शान्ति दीप प्रज्वलन, धर्म गुरुहरूलाई सम्मान गर्दै सुरुवात गर्ने साथै बुधबारे जेसीजको नाममा एक महिना सम्म दीप प्रज्वलन गर्न व्यवस्थापन गर्ने  निर्णय गरेको छ । 

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, बुधबारे जेसीजको आर्थिक कारोबारलाई थप पारदर्शी तथा मित्व्यायी बनाउनका लागि आर्थिक नियमावली बनाउने समेत निर्णय गरेको छ । सो नियमावली निमार्णका लागि जेसी सुरज दंगाल, जेसी राज पौडेल, जेसी सुजित बराल, जेसी कृष्ण ढकाल र जेसी अनिल घिमिरे सम्मिलित ५ सदस्य समिति समेत निर्माण गरेको छ ।

 बुधबारे जेसीजलाई आर्थिक रुपमा सबल बनाउन एक सदस्य दैनिक एक रुपैयाँ बचत गरि एक दीर्घकालीन कोष निर्माण गर्ने समेत निर्णय भएको छ । बुधबारे जेसीजका कार्यक्रमहरूलाई प्रभावकारी बनाउनका लागि कार्यकारी उपाध्यक्ष तथा उपाध्यक्षहरू जेसीज मान्यता अनुरूप क्षेत्रगत कार्य विभाजन गरिएको छ । 

बुधबारे जेसीजले सदस्यता विस्तारका लागि नयाँ सदस्यता आह्वान  र पुराना सदस्यहरूलाई नवीकरणका लागि आव्हान गर्ने निर्णय गरेको छ । नयाँ सदस्यताको दरखास्त तथा नवीकरण अवधि यही मार्च १५ सम्मको समयावधि तोकिएको छ ।

 
निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, बोर्डका पदाधिकारी, संयोजनहरू तथा जेसीज सदस्यहरू उपस्थित तथा महासचिव गजुहाङ योङहाङले संचालन गरेको बैठक अध्यक्षद्वारा धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *