Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजको रक्तदानमा ४२ पिन्ट रगत संकलन

बुधबारे माघ १३ । बुधबारे जेसीजले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिला सहित ४२ जनाले रक्तदान गरेका छन् ।
बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य चौकी शान्तिनगरमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो । अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा बुद्धशान्ति–५ का वडाध्यक्ष बासुदेव खतिवडाको प्रमुख आतिथ्यता थियो ।

बुधबारे जेसीजका विष्णु लामिछानेको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि खतिवडाले यस क्षेत्रमा रक्तदान गरेको प्रति जेसीजलाई धन्यवाद व्यक्त गरे । बुधबारे जेसीजका कानुनी सल्लाहकार गजुहाङ योङहाङले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य चौकी शान्तिनगरका प्रमुख भरत खतिवडा, नेपाल रेडक्रस सोसाइटी झापाका रक्त सञ्चार प्राविधिक सचिन लिम्बु, करुणा कार्की, रक्तसञ्चार असिष्टेन्ट प्राविधिकहरु विनिता राजवंशी, सरिता विक, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्ति अध्यक्ष सीता निरौला, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई, पूर्व अध्यक्ष रमेश बराल, कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल, महासचिव सुजित बराल लगायतको आतिथ्यता थियो ।
कार्यक्रममा संयोजक लामिछानेले स्वागत मन्तव्य राखेका थिए । बुधबारे जेसीजका उपाध्यक्ष रुद्र निरौलाले रक्तदान गरेर कार्यक्रम सुभारम्भ गरिएको थियो ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *