बुधबारे । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको आयोजना र बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ को ब्यवस्थापनमा बिपत् ब्यवस्थापन तथा सर्पदंश सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
उपशाखा सभापति सीता निरौलाको सभापतित्व तथा वडा न ७ का वडाध्यक्ष चन्द्र प्रसाद भण्डारीको प्रमुख आतिथ्य कार्यक्रम गरिएको सचिब पुष्पराज भट्टराईले बताएका छन् ।
कार्यक्रममा हरिप्रसाद पोखरेल र प्रकाश कार्कीले सहजीकरण गरेका थिए । कार्यक्रम मा ५ दर्जन बढिको सहभागीता रहेको थियो ।



















