बुद्धशान्ति । झापाको दमक नगरपालिका – ५ मा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ बार्षिक साधारणसभाका लागि धमाधम इकाईगत साधारणसभा सम्पन्न गरिरहेको छ । भाद्र १२ गतेदेखि सुरु गरेको इकाईगत साधारणसभा बिर्तामोड सेवाकेन्द्रमा सम्पन्न गरेसंगै आज बुधबारे सेवाकेन्द्रमा समेत सम्पन्न गरेको छ । २० गते भने बार्षिक साधारणसभाको कार्यक्रम तय गरेको बताइएको छ ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको सभापतित्वमा भएको साधारणसभामा झापा क्षेत्र नम्बर २(२) का प्रदेश सांसद चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो । सभामा संस्थाका अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०७९÷०८०मा भएका संस्थाका गतिविधिका साथै भावि योजना तथा कार्यक्रमबारे सदस्यमाझ प्रकाश पारेका थिए ।

उनले सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ५३ लाख ४१ हजार ३ सय ५७ रुपैयाँ नाफा गरेको बताएका छन् । सहकारी नाफामा भन्दा सदस्यको आर्थिक, सामाजिक र व्यवसायिक प्रर्वद्धनमा बढी जोड दिने गरेको अध्यक्ष न्यौपानेले बताए ।
बुधबारेको रामजानकी मन्दिरको सभाहलमा भएको सभामा प्रमुख अतिथि चिन्तन पाठक, बुद्धशान्ति ६ का वडाध्यक्ष शिवराज पौडेल, जिल्ला बचत संघ झपाका कोषाध्यक्ष गोविन्द पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठले गरेका थिएभने सञ्चालन सचिव लिलानाथ खनालले गरेका थिए । सोही अवसरमा संस्थामा कारोवार गर्ने उत्कृष्ठ ज्येष्ठ सदस्य लोकनाथ ढुंगेल र राधा देवी न्यौपानेलाई सम्मान समेत गरिएको थियो ।

सभामा संसथाका सह सचिव केशवशरण अधिकारी, कोषाध्यक्ष निर्मला गजुरेल, लेखा समिति सदस्य प्रेम बहादुर बस्नेत, सञ्चालक समिति सदस्य रमा दाहाल, धनमाया निरौला, पुरुषोत्तम खनाल, विरेन्द्र शहादुर खड्का लगायतको आतिथ्यता रहेको संस्थाका बुधबारे सेवाकेन्द्रका प्रमुख दिपक भण्डारीले बताएका छन् ।

झापा र मोरङको उर्लाबारीमा गरी सहकारीको हाल ६ वटा सेवाकेन्द्र र मुख्य कार्यालय दमकबाट कारोवार भईरहेको छ ।




















