बुधबारेमा सवारी दुर्घटना, ६ जना घाइते

पालिका सन्देश । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे तल्लो चोकस्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् । सोमबार साँझ बिर्तामोडदेखि इलामतर्फ जाँदै गरेको मे १ ज २६५२ नं। बोलेरो गाडीले पैदल यात्रीलाई जोगाउन खोज्दा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनमा परी कमल–३ का २० बर्षिय अमन श्रेष्ठ, सोही स्थानका २४ बर्षिय दिपक प्रधान, कनकाई–८ का १९ बर्षिय बिजय पुरी, अर्जुनधारा–१ का ३० बर्षिय दिनेश थापा, बुद्वशान्ती–५का ५१ बर्षिय रत्न मगर सामान्य घाइते भएका छन् भने मेचीनगर–९ का ७३ बर्षिय भक्तबहादुर कटवालको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC

उनीहरुलाई घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोबताइएको छ । बोलेर गाडी र गाडी चालक इलाम माइजोगमाई नगरपालिका–५ का २५ बर्षिय नबिन खत्रीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
3
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
3
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च