Search
Close this search box.
Search
Close this search box.

बुधवारे बजार अनुगमन

बुद्धशान्ति – कोरोना कहरको दोस्रो लहर सुरुभएसंगै बजारमा कृतिम अभाव देखाई उपभोक्ता ठगिन नपाउन भन्दै बुधबारे बजारका खाद्यान्न तथा मिठाइ पसलहरुको संयुक्त अनुगमन गरिएको छ ।

कोरोना कहरका बिच कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न तथा सरल र सहजरूपमा उपभोक्ताले उपभोग्य सामग्री पाउन सक्ने उद्देश्यले बुधबारे बजारहरुमा रहेको खाद्यान्न तथा मिठाइ पसलहरुको अनुगमन शुरु गरेको हो ।

EPIC EPIC

बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलको अगुवाईमा इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी पोष्ट बुधबारे, बुद्धशान्ति उद्योग वाणिज्य संघ, बुधबारे बजार व्यवस्थापन समिति, सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्ति, बुधबारे जेसीज, राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि सहितको टोलीले बुधबारे बजार अनुगमन गरेको हो ।

पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोगलगायतमा अनुगमन केन्द्रित रहेको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले बताएकी छिन् ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलहरुमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्य वस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज निराजन कटुवालले बताए । उनले अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने समेत बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *