बेलडाँगीबाट लागूऔषधसहित दुई जना पक्राउ


दमक। झापाको दमक नगरपालिका वडा नं. ३ बेलडाँगीस्थित एक घरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी बाघखोरबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा शनिबार राति करिब ९:३० बजे सन्बिर तामाङको घरमा छापा मारेको थियो। त्यस्तै, सेक्टर नं. C3 हट नं. ३३८ बस्ने ४० वर्षीय तामाङको घर खानतलासी गर्दा लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ प्लास्टिकसहित ५३० मिलिग्राम र प्लास्टिक बाहेक ३३० मिलिग्राम फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

त्यसै क्रममा सोही घरबाट भाग्न खोजिरहेका १९ वर्षीय रोमन गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनी सेक्टर नं. C4 हट नं. ५१६ निवासी बिर्ख बहादुर गुरुङका छोरा हुन्।

दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरी जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *