- सुरज खनाल,
नजिकैको बङ्गालको खाडी र बढ्दो तापक्रमले मनसुनलाई परिवर्तन गर्न कुनै कसर छोड्दैन तै पनि किसानले मानो रोपी मूरी फलाउन दत्त चित्त भई लागी परेकै हुन्छ ।
एउटा किसानको लगावले प्रकृतिको आफ्नो पनलाई समेत वातानुकुल परिवर्तन गराई आफ्नो बारीमा दूमो त हरदम बचाउन लागी परेकै हुन्छ तर हामी त्यही समाजमा बसी वातानुकुल घूलमिल गरीरहने कि वातानूकूल समाजलाई परिवर्तन गर्न अबको पिढीॅ अघि सर्ने त ।
किसान यहाॅ एउटा उदाहरण हो जो समयको परिवर्तनलाई समेत ख्याल राखी बाली भित्राउन पछी पर्दैन जो यही समाजमा हामी सॅगै पौॅठे जोरी खेलिरहेछ भने हामी त्यही किसानको जुठेनमा बसी समयको परिवर्तन हेरी रहेछौॅ जो ची उही पूरानो ढर्रामा ।
समाज आफैंमा एउटा परिवर्तनप्रेमी मानीसहरुको बसोबास रहेको एक सामाजीक थलो हो । जहाँ हजार सपना अलग अलग जिवन्त त रहन्छन् तर सामाजिक सपना भने सबैको एउटै हुन्छ, सम-न्याय, सह अस्तित्व र सहभागीता । आखिर जसको खातिर समाजमा हाम्रा अग्रजहरु लागी परेकै छन् ।
सामाजिक रहनशहन र यसको अपनत्वमा हामी घूमिल छौॅ, यसले देखाउने सकरात्मक पक्षलाई हामी स्वीकार गर्दछौॅ भने हामी त्यही समाजमा हूर्की आफ्ना सन्ततिलाई बाटो देखाउन दत्त चित्त अहोरात्र खटिरहेकै हुन्छौॅ तर पनि हाम्रो नेपाली समाजमा सदैव कुनै कुराले हलो अढ्काउॅछ भने त्यो हो हाम्रो बहकाव र बहुलठ्ठी पन जसले तपाईॅलाई सही बाटोमा हिॅड्दा हिॅड्दै पनि सिकार बनाई अन्तत यथार्थमा धकेलेरै छोड्दछ ।
नेपाली समाज बाहिरी बनोट हेर्दा आफैॅमा एउटा सुन्दर कुनै चित्रकारले वर्षौॅ लगाएर कुॅदेको चित्र झैॅ सुन्दर छ तर यसको भित्री यथार्थ गर्मी मौषममा पाकेको सरीफा झैॅ लाग्न सक्छ यदि गहन अध्ययनमा फस्नू भयो भने ।
केही समाज र यसमा घट्ने घटनाक्रमले सोच्न बाध्य तुल्याउॅछ आखिर यस्तो सुन्दर समाजको निचोड र भित्री गुदी के त ? सोच्नुस् तपाई हामी कुनै समाजबाटै हुर्केर बढेका छौॅ, आखिर अबको शताब्दि भनेको तपाईॅ हाम्रो शताब्दी हो, एक फेर व्यक्तिगत चाहनामा डुबेका व्यक्तिहरुलाई हेर्नुस ! ति व्यक्तिहरु धन सम्पत्ति आर्जनमा तल्लिन हुन्छन् र अन्तत खुशी पाउन सामाजिक सॅघ सॅस्थामा आबद्द रही डोनेट गर्दै हिड्छन् ।
हामी युवा पुस्ताले जिवनको अमूल्य समय व्यक्तिगत स्वार्थमा फाल्यौँभने समाज कहिले बनाउँछौं । म आज यी शब्द लेख्दै गर्दा मेरा आउने सन्ततिलाइ सम्झीरहेछु, चाहन्छु ति सन्ततिले फेरीपनि आजभन्दा सय वर्ष पछि यही शब्दहरु नखर्चिउन ।
विभिन्न कालखण्ड र यसको परिवर्तनको पहरेदार हामी एउटा जिवन्त साक्षी छौॅ यही समाजमा बसी । आज यहि समाजमा घट्ने विसॅगती र कुरीति अनि बेथिति बिरुद्द एकजुट भई यथार्थलाई वास्तविकतामा बदल्न सकेनौॅ भने हामीलाई हाम्रा पूर्खाले देखाएको बाटोको गन्तव्य कहाँ पूग्ला त । सोचौॅ र निर्णय गरौॅ, म व्यक्तिगत स्वार्थभन्दा माथी उठी समाजलाई समानताको चश्मावाट आजै देखि हेर्नेछु जसले भोलिका दिनमा समाजमा नैतिक शिक्षा र यसको जगमा सकारात्मक परिवर्तन ल्याई सिॅगो देशनिर्माण गर्ने जनशक्ति उमार्ने छु भनि !
युवा पूस्ता आज आफैं अघि बढी विश्व सरकार चलाई रहेछ । हामी युवाको भूमीका के त आजको समाजमा । हामीले भूमीका खेली समाजमा हूने गरेका गलत काम र गलत प्रवृत्तिलाई उन्मूलन गर्न नसके कसले यसको रखवाली गर्ने । सोचनिय विसयमा खेलबाड नगरौॅ । सामाजिक मूल्य र मान्यताको एउटा साॅग्लोमा हामी बाधिन सकेनौॅ भने हामी अपांग सिद्द हुने छौॅ र त्यसको सहारा को हुनेछ भविष्यले निर्धारण गर्ने नै छ ।