बोलिएका रकम संकलन भए,दशैंमा जेसिज भवनले पुर्णता पाउने

बुधबारे जेसिजको भवन निर्माण कार्यले तिब्रता पाएको छ।
बुद्धशान्ति १ स्थित नमुना चोकमा निर्माणाधिन भवनको शनिबार पहिलो तल्लाको ढलाई सम्पन्न भएको छ।

बुधबारे जेसिज,बर्ष२०२२ का अध्यक्ष मुकेश भट्टराईले पदभार ग्रहण गर्ने क्रममा भवन निर्माणलाई पुर्णता दिने प्रतिबद्धता जनाएका थिए।
भवन निर्माण समितिका संयोजक एवं पुर्व अध्यक्ष नन्दकुमार राइले भवन निर्माणमा हाल सम्म १७लाख रुपैयाँ लगानी भइसकेको जानकारी दिए।
उनका अनुसार दाताहरूले यसअघि नै घोषणा गरेको सहयोग रकम संकलन हुने क्रम जारी रहेकाले दोश्रो तल्लाको ढलानका लागी समितीले तयारी गरिरहेको बताए।

EPIC EPIC EPIC EPIC EPIC

उनले भने,” सहयोग आउने क्रम जारी छ,दाताहरुले बचन दिनुभए बमोजिम रकम संकलन हुने हो भने दशैं अघि नै भवन पुर्णरुपमा निर्माण भइसक्छ।”
उनले जेसिजप्रति समभाव राख्ने सबैलाई थप सहयोग गर्नका लागी अपिल समेत गरेका छन्।

बर्ष २०२१ मा शुरु भएको भवन निर्माण कार्यले चालु अङ्ग्रेजी बर्षको अन्त्य सम्ममा दोश्रो तल्ला पुरा हुने अध्यक्ष मुकेश भट्टराईले जानकारी गराएका छन्।
“जेसिज भवन” साझा घर भएको बताउदै अध्यक्ष भट्टराईले सबैको साथ र सहयोग जुटिरहेको जानकारी दिए।

“कसैले १ बोरा सिमेन्ट दिनुभएको छ त कसैले इटा, कतिपय साथीहरू बिहानदेखी आएर दिनभर श्रमदान गर्नुभएको छ, सहयोग आउने क्रम बढिरहेको छ चाडैं नै हामि भवनलाई पुरा गर्नेछौं”, अध्यक्ष भट्टराईले भने।

शनिवार भएको छत ढलाई कार्यक्रममा २ दर्जन बढि जेसिहरुले श्रमदान गरेका छन्। बुधबारे जेसिजले सन् २०२२ को अन्त्यसम्ममा भवन निर्माण गरी नयाँ भवनमा पदभार हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।

बुधबारे जेसिजको भवन निर्माणका लागी छलिमाया घिमिरेको नाममा उनका छोरा ज्ञानेन्द्रप्रसाद घिमिरेले जग्गादान गरेका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *