भद्रपुर उडेको बुद्ध एयरको विमान प्राविधिक समस्याका कारण काठमाडौं फिर्ता

२२ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमान प्राविधिक समस्याका कारण काठमाडौं फिर्ता गरिएको छ।

बुद्ध एयरका अनुसार उडान नम्बर ९५३ (कलसाइन नाइनएन-एजेएस) को दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए। झापा पुग्न आधा यात्रा पूरा गरिसकेको विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।

EPIC EPIC EPIC

कम्पनीका अनुसार प्राविधिक टोलीले हाल विमानको जाँच गरिरहेको छ। यात्रुलाई अर्को विमानबाट गन्तव्यमा पठाउने तयारी भइरहेको छ।

विमान अवतरण गराउने क्रममा त्रिभुवन विमानस्थलमा केही समयका लागि अन्य उडानहरू रोकिएका थिए। यसले गर्दा काठमाडौं आउजाउ गर्ने केही विमानले आकासमै होल्ड गर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ।

काठमाडौंबाट बिहान १०:३८ मा उडेको उक्त विमान अवतरणका बेला विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो। घटनामा कुनै मानवीय क्षति नभएको र सबै यात्रु सुरक्षित रहेको कम्पनीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *