बुधबारे । आउँदो फागुन ७ गतेदेखि हुन गइरहेको भद्रपुर झापा गोल्ड कपको मुख्य प्रायोजक सीजी ब्रुअरीबीच सम्झौता भएको छ । आज झापाको भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सीजी ब्रुअरीका नेसनल सेल्स हेड युवराज खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गर्ेका थिए। सम्झौता भएसँगै भद्रपुर गोल्डकपको मुख्य प्रायोजक मुस्ताङ बियर हुने भएको छ ।
सम्झौता कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले गोल्डकप सफल पार्न सबैको साथ र सहयोग आवश्यक हुने बर्ताका थिए । झण्डै दुई दशक पछि हुने गोल्डकपलाई अझ व्यवस्थित गर्न आयोजक समिति जुटेको र उक्त कार्यका लागि सबैको सहयोग अरिहार्य हुने बताए ।
सम्झौता कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं। १ का अध्यक्ष टीकाराज ढकाल, आयोजक समितिका बरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, उपाध्यक्ष हिक्मत घिमिरे, महासचिब जीवनकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हिमाल खरेलले गरेका थिए ।
प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । खेलमैदानमा प्याराफिट निर्माण र भवनको रंगरोगन कार्य तिब्र रुपमा भइरहेको छ । प्रतियोगितामा आयोजक टिमसहित नेपाल, भारत र भूटान, बंगलादेशसहित १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लाग्ने अध्यक्ष ढकालले बर्ताका छन्। विभिन्न दाता महानुभावबाट प्रथम, दोस्रो, म्यान अफ द म्याच, विधागत उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडीका लागि पुरस्कार रकम प्रायोजन समेत भइसकेको छ ।
मेची रंगशालामा १८ बर्षपछि हुन लागेको भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ तथा ट्रफी र मेडल पाउने छन् । त्यस्तै, प्रतियागिताभरिको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख एक हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् ।



















