भद्रपुर सातौँ नगर स्तरीय तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भद्रपुर । भद्रपुर सातौँ नगर स्तरीय तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवारदेखि सुरु भएको छ ।  भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले भद्रपुर माविको खेल मैदानमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन नगर प्रमुख गणेश पोखरेलले गरेका हुन् । 

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले यस प्रतियोगितामार्फत विद्यार्थीहरूले आफ्नो कौशलयता उजागर गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुगेर भद्रपुरको गौरव र शानलाई कायम राख्नुपर्नेमा जोड दिएका छन् । 

EPIC EPIC EPIC

पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिक तथा निजी गरी २४ विद्यालयले सहभागिता जनाउने शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए ।  प्रतियोगितामा छात्रा र छात्रको छुट्टाछुट्टै फुटबल, भलिबल, कबडीसहित एथलेटिक्स खेलहरू भइरहेको छ ।आज भएको पहिलो दिनको खेलमा एथलेटिक्सतर्फ हिमाली मावि दुई, चन्द्रभानु मावि दुई, वीरेन्द्र मावि दुई, भद्रपुर मावि र प्रज्ञा एकेडेमी एक/एक स्वर्ण पदक जितेका छन् । 

एथलेटिक्सतर्फ १५०० मिटर छात्र दौडमा प्रज्ञा एकेडेमीका सुशील लिम्बु प्रथम, वीरेन्द्र माविका दिलकुमार राजवंशी द्वितीय र हिमाली माविका मदन विश्वकर्मा तृतीय भएका छन् । १५०० मिटर छात्रातर्फ हिमाली माविकी सीमा सरदार प्रथम, भद्रपुर माविकी सुस्मिता हजाम द्वितीय र सगरमाथा माविकी सुजना तामाङ तृतीय भएकी छिन् ।

छात्रतर्फ १०० मिटर दौडमा हिमाली माविका नवीन राजवंशी प्रथम, ज्ञान सरोबर निकेतनका प्रशान्त अधिकारी द्वितीय र शिशु निकेतनका जय राजवंशी तृतीय भएका छन् । छात्रातर्फ १०० मिटर दौडमा वीरेन्द्र माविकी रचना र्मुर्मु प्रथम, सगरमाथा माविकी एन्जिल भुजेल द्वितीय र मोरान मेमोरियल माविकी सुशिमा माझी तृतीय भएकी छिन् । 

त्यसैगरी सटपुट थ्रोमा छात्रतर्फ भद्रपुर माविका टुइन्कल चौधरी प्रथम, सगरमाथा माविका किस्मत अधिकारी द्वितीय र वीरेन्द्र माविका विवेक पुरी तृतीय भएकी छिन् । सटपुट थ्रोमा छात्रातर्फ वीरेन्द्र माविकी कोपिला राजवंशी प्रथम, सगरमाथा माविका युनिशा लिम्बु द्वितीय र मोरान मेमोरियलकी स्मृति खँडिया तृतीय भएकी छिन् । 

त्यस्तै ज्याभलिन थ्रोमा छात्रतर्फ चन्द्रभानु ज्योति माविका निशान लिम्बु प्रथम, वीरेन्द्र माविका प्रकाश राजवंशी द्वितीय र भद्रपुर माविका टुइन्कल चौधरी तृतीय भएका छन् । ज्याभलिन थ्रोमा छात्रातर्फ चन्द्रभानु ज्योति माविकी पदमा लिम्बु प्रथम, हिमाली माविकी जिनु लिम्बु द्वितीय र मोरान मेमोरियलकी पूजा राजवंशी तृतीय भएकी छिन् । भलिबल र कबड्डी खेलहरू जारी रहेको जनाइएको छ । 

नगर प्रमुख पोखरेलको अध्यक्षता भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, खेलकुद समितिका संयोजक विवेक राजवंशी, कार्यपालिका सदस्य सन्ध्या हाँडा लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य भद्रपुर माविका प्रअ होम गुरुङले राखेको कार्यक्रमको सञ्चालन शिक्षा शाखा कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *