भानुजयन्तीको अवसरमा शान्तिनगरमा रामायणवाचन प्रतियोगिता

२१०औं भानु जयन्तीको अवसरमा जेष्ठ नागरिक संघ बुद्धशान्ति ५ले रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ।
१० जना प्रतियोगिले सहभागिता जनाएको प्रतियोगितामा स्थानीय राधाकृष्ण भट्टराई बिजयी बन्नुभएको थियो भने सिद्धश्वेर शिव मन्दिरका प्रतियोगी दोश्रो भएका थिए ।

जेष्ठ नागरिक संघ बुद्धशान्ति ५का अध्यक्ष इन्दिरा रिजाल को सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति साहित्यिक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल प्रमुख अतिथी रहेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

बिशिष्ट अतिथी बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डेगेन्द्र कार्कीले जेष्ठ नागरिकहरुबाट धेरै कुराको ज्ञान लिन सकिने उल्लेख गरे।

कार्यक्रममा लक्ष्मीनारायण मन्दिरका अध्यक्ष देवीप्रसाद खतिवडा, भाषाशास्त्री महानन्द सापकोटा प्रतिस्ठानका पुर्वअध्यक्ष माधवप्रसाद खतिवडा लगायतको आथित्यता रहेको कार्यक्रममा बिभिन्न संघ सस्था, किर्तन मण्डली र स्थानीयको उपस्थिति रहेको थियो ।

नेपाली भाषामा रामायण लेख्ने भानुभक्त आचार्यलाई नेपाली भाषाका आदिकविको रूपमा चिनिन्छ।
उनको जन्म बि.स. १८७१ तनहुँमा असार २९ गते भएको थियो। हरेक बर्ष असार २९ गते भानुजयन्तीको रुपमा आदिकविसँग सम्बन्धित बिभिन्न कार्यक्रम गरी मनाइने गरिएको छ।
कार्यक्रमको संचालन स्थानीय युवा सन्जिव पौडेलले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *