भारतको “अप्रेशन सिन्दुर” : पाकिस्तानमा हवाई आक्रमण, ९० आतंकवादी मारिएको दाबी

काठमाडौं । भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा गए राति एयरस्ट्राइक गरेको छ । भारतीय सञ्चार माध्यमहरूले यस आक्रमणमा कम्तीमा ९० जना आतंकवादी मारिएको दाबी गरेका छन् । तर, यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

उता पाकिस्तानले भने भारतले पाकिस्तानका ६ स्थानमा आक्रमण गरेको जनाएको छ । पाकिस्तानी सञ्चार माध्यमहरूले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेका छन् । पाकिस्तानका अनुसार ८ जना सर्वसाधारणको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन् ।

EPIC EPIC EPIC

भारतको जम्मु कश्मीरको पहलगाममा एक जना नेपालीसहित २६ जना आतंकवादी हमलामा मारिएपछि भारतले यसको दोष पाकिस्तानमाथि लगाउँदै सैन्य कारबाही थालेको हो । भारतले यस कारबाहीलाई अप्रेशन सिन्दुर नाम दिएको छ ।

स्थिति तनावपूर्ण बनेसँगै भारत र पाकिस्तान दुवै देश उच्च सतर्कतामा रहेका छन् । दुवैतर्फ एयरस्पेस बन्द गरिएको छ भने सीमावर्ती क्षेत्रका विद्यालयहरू समेत बन्द गरिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *