भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो

भारतमा कोरोना संक्रमणको लहर रोकिने छाँट देखिएको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लोपटक थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

EPIC EPIC EPIC EPIC EPIC

योसँगै मंगलबार बिहानसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ।

भारतीय स्वास्थ्य विभागको वेबसाइटअनुसार कोरोना संक्रमण दर १० दिनमा १५ गुणा बढेको छ। 

अहिले भारतभर सक्रिय संक्रमितको संख्या ३ हजार ९७६ पुगेको छ।

सोमबार अहमदाबादमा १८ वर्षीया गर्भवती र ४७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको थियो।

यसअघि आइतबार दिल्लीमा २२ वर्षीया युवती र तमिलनाडुमा २५ वर्षीय युवकको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। 

छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *