भारतमा नेपाली छात्रा रहस्यमय मृत्यु, सहपाठीहरूद्वारा छानबिनको माग

काठमाडौँ – भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छन्।

EPIC

केआइआइटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल कलेजको होस्टेलमा मृत अवस्थामा फेला परेकी हुन्।

EPIC EPIC EPIC

कलेज प्रशासनले प्रकृतिले आत्महत्या गरेको दाबी गरे पनि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले उनको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धानको माग गरेका छन्।

आन्दोलनरत नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले निष्काशन गरेको छ। घटनाको विरोध गर्ने र छानबिनको माग गर्ने नेपाली विद्यार्थीहरूलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर दमन गरेको बताइएको छ।

‘नेपाली विद्यार्थीहरूलाई कलेज छोड्न आदेश दिइएको छ,’ कलेज प्रशासनको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपालमा यस घटनाप्रति चासो व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले आफूलाई भारतमा निधन भएकी नेपाली विद्यार्थीको विषय संसद्मा उठाउन समय नदिएकोप्रति आपत्ति जनाएकी छन्।

पटकपटक बोल्न खोज्दा पनि समय नपाएपछि सांसद् श्रेष्ठ संसद् बैठक बहिष्कार गर्दै बाहिरिएकी थिइन्। बैठक बहिष्कार गरेपछि उनले सामाजिक सञ्जालमा लेखेकी छन् – ‘यो विषय आकस्मिक समयमा उठाउन आवश्यक ठान्नु भएन सभामुखले। बरू प्रधानमन्त्रीलाई कस्तो प्रश्न सोध्ने भन्ने विषय बढी महत्त्वपूर्ण ठान्नुभयो।’

सांसद् श्रेष्ठले नेपाली विद्यार्थीहरूलाई संयमित रहन आग्रह गर्दै घटनाको गम्भीर छानबिन हुनुपर्ने बताएकी छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *