भारतमा मोटरसाइकल दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ ।

गत मंगलवार राति तीन जना नेपाली सवार मोटरसाइकल भारतीय नम्बरको ट्याक्टरमा ठोकिँदा मोटरसाइकलमा
सवार बाँकेको राप्ती सोनारी गाउँपालिका १ का गोबर्धन घर्तिको घटनास्थलमै मृत्यु भएको हो ।

EPIC EPIC EPIC

मोटरसाइकलमा आगलागी हुँदा गम्भीर घाइते भएका खासकुश्माकै अन्य दुई जना राम बहादुर सिंह र कल्पनाको उपचारका क्रममा श्रावस्ती जिल्ला अस्पताल भिन्गामा मृत्यु भएको राजपुर थानाका इन्चार्ज अजय सिंहले बताए ।

भारतको बाटो भएर नेपालको भौवा नाकातर्फ जाँदै गरेको बेला घर्तिले चलाएको मोटरसाइकल ट्याक्टरमा ठोक्किएर आगलागी भएको थियो ।

सो दुर्घटनाबारे भारतीय प्रहरीले जानकारी पठाउँदै मृतकका आफन्तलाई खबर गरिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च