भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ ।
भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो ।
यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
चामलको आयात नहुँदा बजारमा मूल्य बढेको थियो । अब नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ । गोरखापत्र