भारतीय मगन्तेले नेपालबाट लैजान्छन् मागेरै मासिक ३० हजार

झापा । झापा भद्रपुर– ७ चन्द्रगढी बजारमा बन्दना मनी चेन्जर संचालन गर्दै आएका हरि कोइराला त्यतिबेला छक्क परे ,जब उनलाई एकजना भारतीय माग्नेले दैनिक भारू ६ सयदेखि १ हजारसम्म कमाउँछु भनेर सुनाए ।

पहिला त उनलाई विश्वासै लागेन । तर, उनी पत्याउन बाध्य भए । किनकि ती भारतीय माग्नेले दैनिक रुपमा कोइरालाको काउन्टरमा आएर दिनभरि मागेको नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा साटेर लाने गर्दथे ।

EPIC EPIC EPIC

मागेरै दैनिक हजारदेखि १६ सय रुपैयाँसम्म एकजना भारतीयले भारत लाने गरेको थाहा पाएर उनी चकित भए। दिनमा सरदर १५ देखि १८ जनासम्म माग्ने आफ्नो चेन्जरमा पैसा सटही गर्ने आउने गरेको कोइरालाको भनाई छ । भारतबाट भद्रपुर नाका भएर दैनिक रुपमा दर्जनौ भारतीय माग्नेहरु प्रवेश पर्ने गर्दछन् । दिनभरि छरिएर माग्ने र साँझ परेपछि मनी चेन्जरमा नेपाली रुपैयाँ सटही गरी भारततर्फ लाने गरेका छन् ।

नेपालीहरु मनकारी र सहयोगी हुने गरेकाले भारतीय माग्ने नेपाल आउने गरेको शुभम् ट्राभल्सका संचालक खेमराज भट्टराई बताउँछन् । चन्द्रगढी बजारमा गोर्खा फर्टिलाइजर संचालन गर्दै आएका संचालक श्याम खतिवडा दैनिक २ सयदेखि ३ सय रुपैयाँसम्म माग्नेलाई दिनु परेको गुनासो गर्छन् । उनी भन्छन्, ‘व्यापार छैन पसल खोल्नेवित्तिकै माग्नेहरु आउँछन्। आएपछि दिनै पर्यो ।’ धेरैजसो साधु, जोगी, विरामी र बहुरुपी ९हनुमान, शिव, काली बनेर माग्ने आउने गरेको खतिवडाले बताए ।

भारत सरकारले मगन्तेलाई नगदको सट्टा खानेकुरा र लुगा कपडा दिने नीति ल्याएको भद्रपुर ७ का वडा अध्यक्ष अभिषेक ढुंगानाले बताए । त्यही भएर भारतीय माग्नेहरु नेपाल आउने गरेको उनको बुझाई छ ।

त्यसो त नेपालमा प्रायः सवै ठाउँमा भारतीय माग्नेहरुको विगविगी छ । माग्नेहरु प्रायः बढी भारतीय नै हुने गरेका छन् । कहिले हुलका हुल त कहिले धर्मका नाममा पनि माग्नेहरु आउने गर्दछन्। नेपालमा भारतीय माग्नेहरुको संख्या कति छ भनेर यकिन तथ्यांक छैन ।

भारतीय माग्नेहरुले दिनहुँ लाखौ रुपैयाँ भारत लाने गरेको अनुमान गर्न सकिन्छ । दैनिक एकजना माग्नेले पाँच सयमात्र लैजाँदा महिनाको १५ हजार हुन आउँछ भने वार्षिक १ लाख ८० हजार हुन आउँछ । यसरी लाखौ रुपैयाँ विदेसिँदा राज्य भने मौन देखिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *