भीरमा लागेको आगोले जलेर एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक बालकको मृत्यु भएको छ । साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएका बालक राईको जलेर मृत्यु भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार राई आफ्नो मावली घर साँवामा आएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *