दिपेन्द्र लुइटेल । भोजपुर नगरपालिका नेतृत्व गर्ने मेगर कैलास कुमार आलेलाइ नमस्कार
स्थानीय तहको पछिल्लो चुनाव वैशाखमा एक वर्ष भएरपनि पाँच महिना बित्न लाग्यो , पछिल्लो पटक हजुरको सिंहदरबारबाट शासकको महिमत्ताको गन्ध सहित निस्किएको जेष्ठ नागरिक हरुको सामाजिक सुरक्षा भत्ताको विषयमा जेष्ठ नागरिकलाइ दिएको दुख तपाईँ जानकार नै हुनुहुन्छ होला ।
हुन त, तपाईँले भोजपुरमा सुगन्ध फैलाउनु हुन्छ भन्ने विश्वासमा पहिलो कार्यकाल पछि एक वर्ष, केही महिना अगाडिसम्म भोजपुरका बहुसङ्ख्यक जनता आशातीत थिए । त्यही भएरपनि होला भोजपुरका १२ वटा वडामध्ये ८ वटा वडा जित्दासमेत नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने तपाईँलाई मेयरमा जनताले पत्याए । भोजपुरलाइ समृद्ध बनाउन तपाईँको योगदान रहन्छ भन्ने आत्मविश्वास मलाई पनि थियो, आम जनतालाई पनि ।
तर, मेयर साब मेयरको कुर्सीमा बसेपछि तपाईँ मात्तिनु भयो कि, आत्तिनु भयो अलि परको विगत तपाईँको जे सुकै होस् । त्यसमा म जान चाहन्न, विगतमा अल्झिनु हुँदैन पनि । समयको त्यो कालखण्ड सम्झिने हो भने, तपाईँ मेयरमा निर्वाचित हुनु अगाडिको तपाईँको स्वभाव त ठिकै थियो ।
लोकतन्त्रमा तपाईँको विश्वास त देखिएकै थियो । तर, किन अचानक अहम्ता र स्वेच्छाचारी भावना बढ्यो तपाईँमा सत्ताको राप कि बढ्यो कि, शक्तिको आलाप
तपाईँ नगरको मेयर बने लगतै करोडौँको विशाल भवन बनेको छ , एसीसहितको सुविधा छ । टेवुल थियो । घुम्ने कुर्सी थियो । थिएन चाहिँ के त्यहाँ ,
तर, तपाईँलाई त्यो ठाउँ त नफाप्ने भयो भन्ने यदाकदा सुनिन्छ । एउटा तान्त्रिकको इशारामा अर्कै टहरो बनाउनुपर्ने अवस्था आयो ।
हुन त, तपाईसँग त प्रकाण्ड–प्रकाण्ड विद्वान छन् । विज्ञले सुझाव दिए होलान् पक्कै । सामाजिक सुरक्षा भत्तामा मेयर साप, बालै फरर। हुन त, नगरको कार्य स्टाइल सीमित साउँहरूको क्लबभन्दा माथिको त छैन ।कहाँ खर्च गर्नु भर्ती गराउन आफ्ना मान्छेहरू भन्ने लागेको पनि होला ।
नगरलाई निजी कम्पनी जस्तो चलाएको कुरा मेरो आरोपनामा मात्र हैन है, मेयर साब । लाखौँ रकमबाट सामान कहाँ गए भनेर कार्यपालिका बैठकमै तपाईँमाथि तपाईँका सदस्यले प्रश्न उठाउने नै छन ।
मेयर साब,
तपाई, आफूलाई लोकतन्त्रको हिमायती भनेर चिनाउने तपाईँले आफ्ना कर्मचारीलाई नगरपालिकाको विषयमा टिप्पणी वा खबरदारी नगर्न चेतावनी दिनु भएको छ रे । ठिकै छ, कर्मचारीले काम गर्ने हो । सरकारको खुद्रे आलोचना गर्दै बस्ने पनि हैन ।
तर, नगरको विरोध गर्दा आफ्ना कर्मचारी जनतालाई जथाभावी भनेको विषय चाहिँ तपाईँले नियमन गर्नु पर्दैन र कि कार्यालयको कामको अतिरिक्त विपक्षीलाई काउन्टर गर्नु भनेर तपाईँले नै कर्मचारीहरूलाई आदेश दिएको हो ?
अलि लेख्न पनि डर लाग्छ मेयर साब तपाईँको विरुद्ध त १ तपाई सामाजिक सञ्जालको राम्रो युजर हो नि । किनकि, मेरा प्रतिनिधिहरु पनि सूचना प्रविधिमा जानकार छन् भन्नेमा मलाई खुशी लाग्छ यस्ता कुराबाट । तर आँफूले सामाजिक सञ्जाल प्रयोग गर्दा विद्वान र अरूले त्यही सामाजिक सञ्जालबाट तपाईँप्रति आलोचनात्मक कुरा राख्दा बकवास हुन्छ र समाजिक सुरक्षा भत्ता लिने सवै शक्त्त मानिस पनि हुदैनन् अशत्त अशाहय र जेष्ठ नागरिक हरुलाइ हजरले गर्नु पर्ने सम्मान यहि हो ? उनिहरुको संरक्षकले लिन नसक्ने तपाइको कस्तो खालको सत्ता हो ?
लाभग्राहिको खातामा पैसा छ ? तर, आफैले चुनेको जनप्रतिनिधिहरुले यो मानिस अशत्त हो निजलाइ पालन पोषण गर्ने छोरा छोरि ,श्रीमान श्रीमति हरुलाइ दिन मिल्ने भनेर सिफारिस दिदा समेत मेयर सापलाइ नाता प्रमाणित चाहिने ,अस्पतालको सिफरिस चाहिने , मेयर सापलाइ थाहा छैन ? सिफारिस लिन अस्पताल आउन अधिकाम्सं ग्रामिण भेग कच्ची सडक आउन समस्या थाहा छैन तपाइलाइ ? प्रत्येक वडामा भएका जनप्रतिनिधि हरुलाइ वैक सँग सहकार्य गरि टोल टोलमै गएर बितरण गर्न आदेश दिए हजुरको के जान्थ्यो र ?
अहिले हरेक नागरिकले आफ्ना प्रतिनिधिको कामलाई नजिकबाट नियालिरहेका हुन्छन् ।
अन्त्यमा, मेयर साब
जिवित हुदा सास्ती दिने र मृत्यु पछि देखावटि रुपमा श्रद्धाञ्जली दिने काम वाहेक अरु गर्न नसकेको नै हो त ? नियमित बजार अनुगमन गर्नु पर्ने हो , व्यापारि हरुले मुल्यसुचि नराखि मनपोरि मुल्य लिइरहेका छन , अनिवार्य बिक्री विल व्यापारिले नदिइदा र तपाइको नगरमा कर राम्रो उठोस बजार अनुगमन गर्नु उपभोत्ता लाइ सकस नहोस भन्ने भावना तपाइमा आएन मेयर साप ? खौइ तपाइको जेष्ठ नागरिकहरुको ढाड सेक्नेगरी कडाइ गरिएको निर्णय फिर्ता गरेर जनतालाई राहत दिन अहम् भूमिका निर्वाह गर्नुहुन समेत अनुरोध गर्दछु ।
सामाजिक सुरक्षा भत्ता निकाल्न संरक्षकले गरेको सिफरिसमा लिएको रकम माथि आलोचना तपाईँले म माथिको प्रहार हो, जनताको सुझाव मान्नु तपाईंको कर्तव्य हो । जनप्रतिनिधिले आँफूलाई जनताको सेवक ठान्नुपर्छ । शासक ठान्ने भूल नगर्नुस् ।
यो लेखमा कुनै आवेग कुण्ठा पोखिरहेको छैन । तपाईँले गरेका गतिविधि जस्ताको त्यस्तै लिपी मात्र गरेको हो । जय नेपाल ।
One Response
खै जनता माझ पारादर्शिता नभएको हा कि