भोजपुरमा कान सम्बन्धि शिविर सञ्चालन

दिपेन्द्र लुईटेल भोजपुर , जेठ २६
भोजपुर नगरपालिकामा काँन सम्बन्धि समस्या भएका बिरामी हरुका लागि कान स्वास्थ्य शिविर शुरु भएको छ ।
नेपाल नेत्रज्योति संघ लहान आँखा तथा कान उपचार प्रणाली बिराटनगर र आँखा तथा कान उपचार केन्द्र भोजपुरको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
जेठ २६ र २७ गते गते भोजपुर नगरपालिका वडा नम्बर १२को पुरानो डबली स्थित आँखा तथा कान उपचार केन्द्रमा अस्पतालमा बिरामी हरुको कान सम्बन्धिका बिरामीहरुको समस्या तथा सुनुवाई सम्बन्धि जाच गरिएको थियो ।
शिबिरको पहिलो दिन १२५ जनाको परिक्षण गरिएको छ । जस्मा २५ जनाको सुनाई परिक्षण गरिएको छ भने,१० जनालाई आँखा तथा कान उपचार प्रणाली बिराटनगर रेफर गरिएको छ । उक्त सिबिरबाट रेफर गरिएकाहरुलाई निशुल्क अप्रेसन गरिने आँखा तथा कान उपचार केन्द्रका डा बिजय तामाङले बताउनु भयो ।
सुनाई परिक्षण गरिएका हरुलाई ५० प्रतिशत छुटमा सुनाई यन्त्र दिएको छ, भने निशुल्क औषधि बितरण गरिएको छ । कानको चेक जाच गर्दा कान पाक्ने, चिलाउने,कानको जालीमा प्वाल परेको श्रवन क्षमता कमि भएका बिरामी हरुले उपचार सेवा पाएका थिए ।उक्त शिबिर भोलि अर्थात जेठ २७ गते पनि सञ्चालन गरिने डा तामाङले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *