भोजपुर । आशन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी गठबन्धन दल भोजपुरको अगुवा कार्यकर्ता भेला आज भोजपुर नगरपालिका ४ दावाँमा सम्पन्न भएको छ ।
गठबन्धन दलका प्रतिनिधिसभा सदस्य उम्मेरद्वार सुदन किराती, प्रदेससभा क र ख सदस्य उम्मेरद्वार राजेन्द्र राई र विनोद वान्तवा, समानुपातीक उम्मेरद्वारहरु लगायत गठबन्धन दलका नेता कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने क्रममा नेता तथा उम्मेरद्वारहरुले मंसिर ४ गते गठबन्धन दलका उम्मेरद्वारहरुलाई भोट हाल्न आग्रह गरेका छन् ।
गठबन्धन दलको जिल्लाभरी अगुवा कार्यकर्ता भेला असोज २८ गते भोजपुर नगरपालिका, २९ गते रामप्रसादराई गाउँपालिकामा सम्पन्न भइसकेको छ । क्रमश असोज ३० गते टेम्केमैयुङमा, ३१ गते पौवादुङमा, कार्तिक १ गते अरुणमा, २ गते आमचोकमा, ३ गते हतुवागढिमा, ४ गते षडानन्द नगरपालिकामा र ५ गते साल्पासिलिछो गाउँपालिकामा हुने निर्वाचन प्रचारप्रसार सचिवालय समितिका संयोजक बलभद्र राईले जनाए ।