भोजपुरमा घुम्ती सेवा सञ्चालन, नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा स्थानीय तहमै

दिपेन्द्र लुइटेलभोजपुर — जिल्ला प्रशासन कार्यालय भोजपुर ले दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले हतुवागढी र आमचोक गाउँपालिकामा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ।

कार्यालयका अनुसार भौगोलिक रूपमा टाढा रहेका र यातायात सुविधा कमजोर भएका कारण सेवा लिन सदरमुकाम पुग्न समस्या भोग्दै आएका नागरिकलाई लक्षित गर्दै उक्त सेवा सञ्चालन गर्न लागिएको हो।

EPIC EPIC EPIC

यस अन्तर्गत हतुवागढी गाउँपालिका मा चैत १९ गतेदेखि २१ गतेसम्म तथा आमचोक गाउँपालिका मा चैत २२ गतेदेखि २४ गतेसम्म नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गरिनेछ।

सेवाबाट विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरू लाभान्वित हुने अपेक्षा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले गर्नु भएको छ।

कार्यालयले सेवाग्राहीहरूलाई आवश्यक कागजातसहित तोकिएको मितिमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ। साथै, कार्यक्रमको विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा स्थानीय तहसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

यो सेवा नियमित शिविर नभई स्थानीय तहको समन्वयमा सञ्चालन हुने घुम्ती सेवा भएको प्रशासनले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च