काठमाडौं। प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले १ हजार र पाँच सय दरको नोटमा प्रतिबन्ध लगाउनु पर्ने बताएका छन्।
आइतबारको आकस्मिक समयमा बोल्दै नेता केसीले नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेकाले सरकारले कठोर कदम चालेर अर्थतन्त्र डुब्नबाट बचाउनु पर्ने बताए।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार सूचकांकमा नेपाल एक अंक माथि गएको भन्दै उनले भ्रष्टाचारको जड रोक्न ठूला दुई नोटमा प्रतिबन्ध लगाउनु पर्ने बताँएका हुन्।
यस्तै, उनले विगतका सबै ठूला भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरे।