मङ्गोलियाको पूर्वी प्रान्तमा भीषण आगलागी-पालिका सन्देश

screenshot 20230411 085932 chrome

मङ्गोलियाले पूर्वी दुई प्रान्तमा भीषण आगलागी भएको छ । राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले जनाएअनुसार अग्नि नियन्त्रक र स्थानीय बासिन्दाहरूसहित दुई सय ५० भन्दा बढी व्यक्तिहरू आगो नियन्त्रणमा खटिएको नेमाले जनाएको छ ।

नागरिकको लापरवाहीका कारण शनिबार सुखबाटार प्रान्तको एर्दनेत्सागान सोम (प्रशासनिक उपविभाग) मा स्टेप्पेमा लागेको आगो छिमेकी डोर्नोड प्रान्तको क्षेत्रमा फैलिएको नेमाले विज्ञप्तिमार्फत जनाएको छ । यी प्रान्तमा हावाहुरी र सुख्खा मौसम र हुरीका कारण आगो निभाउन गाह्रो परेको अधिकारीहरूले जनाएका छन् ।

EPIC EPIC EPIC

आपत्कालीन एजेन्सीले थप अग्नि नियन्त्रक, उद्धारकर्ताहरू र हेलिकप्टरहरू जङ्गलको डडेलो नियन्त्रणका लागि परिचालन गरिएको बताएको छ । यो वर्षमात्रै अहिलेसम्म मङ्गोलियाका आठ प्रान्तमा २५ वटा मैदान र जङ्गलमा आगलागी भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च