मटिहानी पुग्यो मिथिला माध्यमिक परिक्रमा, भव्य स्वागत गरियो

जनकपुरधाम । मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमा महोत्तरीको मटिहानी पुगेको छ ।

धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीको डोलाकासाथ धार्मिक विधिअनुसार जानकी मन्दिरहुँदै धार्मिक झाँकी भजनकीर्तन सहित सुरू भएको परिक्रमा आज मटिहानी पुगेको हो ।

EPIC EPIC EPIC

बाजागाजा, साधु, नागा, नाचगानका साथ भगवान् राम र माता जानकीको डोला लिएर हजारौं सङ्ख्यामा महोत्तरीको मटिहानी पुगेका परिक्रमा टोलीलाई नगरवासीले भव्य स्वागत गरेका छन् ।

मटिहानीमा माता सीताको विवाहको बेला मटकोर विधि भएको सम्झना गर्दै यहाँ परिक्रमाको तेस्रो पराव रहँदै आएको छ । मटिहानीमा प्रसिद्ध लक्ष्मी नारायण मठ, लक्ष्मी सरोवर रहेको छ भने यसले प्राचीनकालको दर्शन गराउँछ ।

परिक्रमा यात्री आएकाले आज मटिमानी नगरपालिकाले सार्वजनिक विदा पनि दिएको छ । यहाँ लक्ष्मीनारायण मठले निःशुल्क भोजन, पानी, दाउरा, बिजुली र बासको व्यवस्था मिलाएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *