मणिपुरमा महिलालाई लुट्ने र यौन दुव्र्यवहार गर्ने भीडको मुख्य अभियुक्त खुलासा भएको छ । मणिपुर प्रहरीले बिहीबार बिहान पेची अवाङ लेकाई निवासी ३२ वर्षीय हुइरेम हेओदास मेइतीलाई पक्राउ गरेको हो ।
समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेको तस्बिरमा गिरफ्तार आरोपीलाई हरियो शर्ट लगाएको देखाइएको छ, जुन भाइरल भिडियोको स्क्रिनग्राबमा पनि देखिन्छ।
सरकारी स्रोतका अनुसार हरियो टिसर्ट लगाएर महिलालाई समात्ने मुख्य अपराधी आज बिहान पहिचान भएको हो । उनको नाम हुइरेम हेतोदास माटे (३२ वर्ष) हो र उनी पेची अवाङ लेइकाईका हुन् ।
गत वैशाख ४ गते ८०० देखि १००० सम्मको सशस्त्र भीडले कुकी महिलालाई नग्न र यौन दुव्र्यवहार गरेको डरलाग्दो भाइरल भिडियोले भारतमा ठूलो आक्रोश मच्चाएको छ । घटना वैशाख ४ गते बी फेनोम गाउँमा भएको थियो।
एचटीका अनुसार, मणिपुरका एक प्रहरी अधिकारीले यस जघन्य अपराधमा संलग्न थप व्यक्तिहरूलाई पक्राउ गरिने बताए।
उनले भने एफआईआर दर्तामा बलात्कार र हत्याको धाराहरू पहिले नै थपिएको थियो।



















